सिरहाको गोलबजारमा मध्यरातमा लुटपाट
मङ्गलबार, १८ भदौ २०८१, ०९ : ३४

सिरहा । सिरहाको गोलबजार नगरपालिका १ स्थित मुक्सार बैरीवानमा एक समूहले धनमाल लुटपाट गरेको छ । । स्थानीय जागेश्वर रामको घरमा गएराति करिब १२ बजेको १२÷१५ जनाको समूहमा आएका लुटेराहरूले नगद, सुन र चाँदीका गहनाहरू लुटेर लगेका हुन् ।
लुटेराहरूले जागेश्वरलाई कुटपीट समेत गरी नगद, सुन र चाँदीका गहना लुटेर लगेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिए ।
घटनालगत्तै मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरेपनि ४ घण्टा पछिमात्र प्रहरी आइपुगेको स्थानीयले बताए ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुनिल कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ