नागरिकता बोकेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगे प्रकाश तामाङ

काठमाडौँ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भोजपुरबाट नागरिकता प्रमाणपत्र पाएलगत्तै काठमाडौँ आएका प्रकाशले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशसँग भेट भएको तस्बिरसहितको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनुभयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि ।'
तामाङले केही दिनअघि नागरिकता प्रमाणपत्र पाएका थिए । भेटका क्रममा तामाङले प्रधानमन्त्रीलाई आफ्नो नागरिकता समेत देखाएका थिए ।
पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा प्रकाशलाई भेटेसँगै उनको ३५ वर्षपछि परिवारसँग पुनरमिलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान
-
खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो