अध्यक्ष लिङ्देनले दिए पारा ओलम्पिकमा पदक जित्ने पलेसालाई बधाई
सोमबार, १७ भदौ २०८१, १९ : १५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिक अन्तर्गत तेक्वान्दोमा ऐतिहासिक पदक जित्ने पलेसा गोवर्धनलाई बधाई दिएका छन् । अध्यक्ष लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै पलेसालाई बधाई दिएका हुन् ।
अध्यक्ष लिङ्देनले सीमित श्रोत साधन र आवश्यक प्रशिक्षणका बाबजुद पलेसाले प्राप्त गरेको कास्य पदक सहितको सफलताले प्रसन्न तुल्याएको बताएका छन् । नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी पलेसाको सफलता अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता भएको बताउँदै अध्यक्ष लिङदेनले उक्त पदक राष्ट्रिय गौरवको विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत