मन्त्रालयमा असन्तुष्ट मनाङेले बुझाए राजीनामा

काठमाडौँ । मन्त्रालय साटफेर भएपछि गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन् । आफ्नो स्वकीय सचिवमार्फत मनाङेले राजीनामा बुझाएका हुन् ।
यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो । त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न गएका थिएनन् ।
वन मन्त्रालयमा प्रदेशलाई कुनै पनि अधिकार नरहेको उनको भनाई छ । ‘वन प्रदेशले हेर्नै पाउँदैन । वनमन्त्री चाहिँदैन । प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो’, मनाङेले भने ‘वन अहिले पनि संघले हेरिराछ ।’
साथै उनले वन मन्त्रालय कांग्रेसको कोटामा रहेको पनि बताएका छन् । ‘म कांग्रेसको सांसद हैन, स्वतन्त्र सांसद हुँ । कांग्रेसको कोटाको मन्त्री कांग्रसकै सांसदलाई देऊ भनेको छु’, मनाङेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ