ऐनका लागि तयार दफाहरू सबैलाई जानकारी हुनुपर्छ : सोबिता गौतम
सोमबार, १७ भदौ २०८१, १७ : ५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरू समितिका सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरू बुँदामा टेकेपछि समिति सदस्यहरूलाई थाहा हुनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुन जुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौँ त्यो सदस्यहरूलाई थाहा हुनुपर्यो । थाहा गराउने व्यवस्था छ की छैन ?’
साथै उनले प्रत्यायोजित विधायनमा रहेका शुल्कका कुराहरू र कार्यविधिका कुराहरू चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखक चूडामणि गौतमको निधन
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह