सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विधेयकमाथि छलफल

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी विधेयक, २०८१ को मस्यौदामाथि सोमबार छलफल भएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री रमेश लेखक तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रममा निमित्त गृह सचिव नारायण प्रसाद भट्टराईले कार्यक्रमको उद्देश्य र विषयवस्तुमाथि प्रकाश पारेका थिए । यसै गरी गृह मन्त्रालय कानुन महाशाखाका सह–सचिव भरतमणि रिजाल र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालले सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को मस्यौदा प्रस्तुतीकरण गरेका थिए ।
१६ वर्षे पेन्सन अवधि, अवकाश उमेर हद, ३० वर्षे सेवा अवधि लगायतका विषयहरूमा छलफल गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारी, तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?
-
बरिष्ठ नेताको निधनप्रति राप्रपा दुःखी
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
बागमती प्रदेशसभाः सात दलको ११ घण्टा बसेको छलफल निष्कर्षविहीन
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री