नेता पाण्डे र क्युबाली कार्यवाहक राजदूत अवेल अवेलीबिच भेट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यवाहक राजदूत अवेल अवेली डिपेग्नीबिच भेटवार्ता भएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा कार्यवाहक अध्यक्ष पाण्डे र अवेलीबिच भेटवार्ता भएको हो ।
भेटमा २०२२ देखि अमेरिकाले क्युबालाई आतङ्ककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराएका थिए । राजदूत अवेलीले क्युबाका जनता असाध्यै कष्ट र संघर्षमा बाँचिरहेको भन्दै वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्युबाको पक्षमा बोल्न अनुरोध गरे ।
अमेरिकाले घोषणा गरेको आतङ्ककारी मुलुकको सूचिबाट हटाउनका निम्ति ऐक्यबद्धता जनाउन पनि उनको अनुरोध छ ।
कार्यवाहक अध्यक्ष पाण्डेले राजदूत अवेलीको प्रस्तावलाई गम्भीर रूपमा लिएको भन्दै आफूहरू क्युबाली जनताको स्वतन्त्रता, सार्वभौमिकताको पक्षमा रहेको स्पष्ट पारे । साथै पाण्डेले अमेरिकी सरकारसँग क्युबालाई आतङ्ककारी देशको सूचीमा नराख्न अपिल समेत गरेका छन् ।
‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ । त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न र थप घनिष्ठ सम्बन्ध राख्न चाहन्छ । हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्व गर्छौँ’, पाण्डेले भने, ‘शक्तिशाली देश अमेरिकाको नजिकै रहेको समाजवादी देश क्युबाले साम्राज्यवादी विरुद्ध दृढतापूर्वक शिर ठाडो पारेर लडिरहेकोप्रति गर्व गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा वर्षा र हिमपात, कृषकहरू उत्साहित (तस्बिरहरू)
-
गौर आँखा अस्पतालले २० लाखबढी मानिसलाई पुनः संसार देखायो
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् ठेक्का रद्द गरिएको धुलिखेल खावा सडकखण्डको दुर्दशा
-
बुटवलमा निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट गाडीको बिक्री सुरु
-
मिथिला माध्यमिकी परिक्रमाका यात्री फूलहर पुग्दै