रियलमीको डिलर्स मिट सम्पन्न
![रियलमीको डिलर्स मिट सम्पन्न](https://npcdn.ratopati.com/media/news/realme-dealers meet-5_adeNqjH48w.jpg)
काठमाडौँ ।स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार भाद्र १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मिटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरू सहभागी भएका थिए ।
आफ्ना डिलरहरूसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस डिलर्स मिटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिलर्सहरुसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरूले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरूका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।
डिलर्स मिटको सुरुवात भावपूर्ण गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीहरूका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा तिगडी ब्यान्डले अविस्मरणीय साङ्गीतिक प्रस्तुति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति