मनाङे भन्छन्– वनमन्त्री चाहिँदैन, राजीनामा दिएँ
काठमाडौँ । मन्त्रालय परिवर्तन भएपछि असन्तुष्ट बनेका गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएको बताएका छन् । सोमबार कांग्रेस एमालेको सहमतिअनुसार मनाङेलाई भौतिकबाट मन्त्रालय सारिएको थियो ।
त्यसपछि उनले राजीनामा दिएको बताएका हुन् । तर मुख्यमन्त्रीसमक्ष उनको राजीनामा नपुगेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । ‘वन प्रदेशले हेर्नै पाउँदैन । वनमन्त्री चाहिँदैन । प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो’, मनाङेले भने ‘वन अहिले पनि संघले हेरिराछ ।’
साथै उनले वन मन्त्रालय कांग्रेसको कोटामा रहेको पनि बताएका छन् । ‘म कांग्रेसको सांसद हैन, स्वतन्त्र सांसद हुँ । कांग्रेसको कोटाको मन्त्री कांग्रसकै सांसदलाई देऊ भनेको छु’, मनाङेको भनाइ छ ।
उनले अहिले दलहरूले वन मन्त्रालय छ भनेर बेवकुफ बनाएको भन्दै जुन दिन प्रदेशले वन मन्त्रालय हेर्न पाउँछ सोही दिन मन्त्री हुने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्