मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदूत तिमिल्सिना
काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन् । मलेसियालाई श्रम सम्झौताका लागि नमुना राष्ट्रको रूपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्न सक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पारेका हुन् ।
सोमवार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताए । मलेसियामा श्रमिकको पक्षमा काम गर्न बिचौलियाहरूको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको उनको भनाई थियो ।
तिमिल्सिनाले भने, ‘म के भन्न चाहन्छु भने यो यस्तो खालको हाईलेभलको भिजिट मलेसियाबाट चाहिँ गृहमन्त्रीको लेभलको भिजिट चाहिँ उनीहरूको चासो छ भन्ने मैले सुनेको छु । तर प्राईमिनिष्टरको लेभलको हामीले त्यो गर्न सक्यौ भने जीटुजीमा मलेसिया श्रम सम्झौताको नमुनाको रूपमा मानिँदो रहेछ । त्यस कारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढ्ने ? मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ । यहाँ म्यान पावर कम्पनी हुने, त्यहाँ पनि म्यान पावर कम्पनी हुने । अनि, यहाँको म्यान पावरले उहाँ बिचौलिया राखेको हुन्छ । र, त्यो बिचौलियाले त्यहाँ सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नै दिँदैन । यहाँ खान्छ, उहाँ गएपछि त्यही खान्छ । त्यो मलेसियाका दूतावासतिर यहाँहरू जानु भएको छ कि छैन ? त्यहाँ स्याउँस्याउँती बिचौलियाहरू हुन्छन् रे । जताततै ठग्ने काम गर्दछन् रे । म एकदमै अप्ठ्यारो ठाउँमा जाँदै छु । मलाई थाहा छैन–म कति टिक्न सक्छु । यहाँहरूले बिचैमा तँ फेल भइस्, आइजा भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमानदारितापूर्वक काम गर्ने हो त्यहाँ । यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ । त्यसले सरकारले सहयोग गर्नुपर्छ ।’
उनले मलेसियामा श्रम नीति अनुसारको कूटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया