आफ्नो फाइदाको लागि मलाई प्रयोग नगर्नुस् : नवनियुक्त अध्यक्ष डिसी

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आफ्नो फाइदाको लागि आफूलाई कसैले प्रयोग नगर्न आग्रह गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै डिसीले आफूसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्बन्धलाई राम्रो कामको लागि प्रयोग गर्न सकेमा व्यक्तिगत र पेसागत हितका लागि उपयोगी हुने भन्दै व्यक्तिगत प्रयोगको सट्टा सबैले मिलेर राम्रो काम गरे उद्योग पूरै फाइदामै जाने बताएका हुन् ।
उनले भने, ‘मलाई युज नगर्नुस् , राम्रो गर्नुस् इन्डस्ट्री पूरै फाइदामा जान्छ, मसँग भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय नेटवर्क र सम्बन्ध जुन छ ती सम्बन्धहरू यहाँहरूको गाडी चालकदेखि लिएर सदस्य सचिवज्यूसमेतले राम्रो कामको लागि प्रयोग गर्नुभयो भने व्यक्तिगत लगायत पेसागत हितका लागी पनि म उपयोगी हुन सक्छु, तर मलाई प्रयोग भएको महसुस भयो भने मेरो आमा शेर्पा हो भन्ने कुरा यहाँहरूलाई भन्न चाहन्छु ।’
साथै उनले आफू जागिर खानको लागि नभएर काम गर्न आएको उल्लेख गरे । उनले चलचित्र क्षेत्रलाई जिरोबाट सुरु गर्ने भन्दै अगाडि चिनेको दिनेश डिसीलाई सबैले भुल्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने
-
खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ
-
प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय, यी अध्यादेश निर्णयार्थ पेस हुँदै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो