डेंगुको ‘हटस्पट’ बन्यो गण्डकी प्रदेश, अन्य प्रदेशमा सङ्क्रमित सङ्ख्या कति ?

काठमाडौँ । गण्डकी प्रदेश डेंगुको हटस्पट बनेको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार सबै भन्दा बढी २९ सय ५४ जना डेंगु सङ्क्रमित सङ्ख्या गण्डकी प्रदेशमा देखिएका छन् । देशभर रहेका डेंगु सङ्क्रमितमध्ये गण्डकीमा मात्रै ४६.५ प्रतिशत रहेका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म देशभर ६ हजार ३४७ डेंगु सङ्क्रमित रहेका छन् ।
यस्तै, बागमती प्रदेशमा १६ सय २३ जना डेंगु सङ्क्रमित छन् । यस्तै, कोशीमा ७९१ जनालाई डेंगु सङ्क्रमण भएको छ भने मधेसका एक सय जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।
लुम्बिनीका ४४४ जनामा, कर्णालीका ९३ जना र सुदूरपश्चिमका ३४२ जनामा डेंगु सङ्क्रमण भएको छ ।
देशभर ७७ मध्ये हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । माघ महिनायता फैलिएको उक्त डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ