बारले दोस्रो दिन पनि दियो न्याय परिषद्मा धर्ना
सोमबार, १७ भदौ २०८१, १६ : ०९
_ZygYh3Kd6w.jpg)
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले दोस्रो दिनपछि न्याय परिषद्मा धर्ना दिएको छ। आइतबार एक घण्टा धर्ना बसेर न्याय परिषद्को बैठक बस्न नदिएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिँदै २ देखि ३ बजेसम्म धर्ना दिएको हो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार आन्दोलनमा उत्रन बाध्य भएकाले अब निरन्तर आन्दोलनमा उत्रेको बताए । बारले सर्वोच्च अदालत बार एसोसिएसनसहित उपत्यका बार इकाईका कानुन व्यवसायीहरू धर्नामा उतारेको थियो ।
एक वर्षअघि संशोधन गरिएको नियमावलीलाई लिएर बार आन्दोलनमा उत्रेको हो । बारले उक्त नियमावलीका आधारमा नियुक्ति गर्न नमिल्ने र न्याय परिषद्ले पारदर्शी रूपमा न्यायाधीश नियुक्ति गर्नुपर्ने माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन