बागमतीमा हामफालेर बेपत्ता युवतीको नोट : ‘यसमा कसैको दोष छैन’
सेना र सशस्त्रका गोताखोरले खोज्दै
सोमबार, १७ भदौ २०८१, १५ : ५३
काठमाडौँ । लतिलपुरको च्यासल नजिकै दोभान पुलबाट बामगती नदीमा हामाफालेर बेपत्ता २० वर्षीया युवतीले छाडेको ‘नोट’बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पुलमुनि भेटिएको नोटमा उनले लेखेकी छन्, ‘यसमा कसैको दोष छैन ।’
अङ्ग्रेजीमा लेखिएको नोटमा २० वर्षीया अञ्जली शर्माले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । भदौ १६ मा बेलुका ७ बजेतिर ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलबाट रुकुम मुसिकोट घर भएर बालकुमारी बस्ने शर्मा हामफालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पुलमुनि फेला परेको मोबाइल र झोला अञ्जलीकै भएको पुष्टि भएको ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए । अञ्जलीको खोजीमा सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र र सेनाका गोताखोरले दोभान पुल हुँदै बल्खुसम्म खोजी गरेका छन् । तर, बल्खुसम्म खोज्दा उनको अवस्था अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
-
हाइटी हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु : संयुक्त राष्ट्रसंघ
-
विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा
-
हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार
-
नेपाललाई भारतको ४७ करोड अनुदान, १२ सामुदायिक विकाससम्बन्धित योजनाका लागि हस्ताक्षर
-
हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान इजरायलद्वारा अस्वीकार