संसदीय सुनुवाइ
पोर्चुगलका प्रस्तावित राजदूत पौडेलको सुनुवाइ जारी
सोमबार, १७ भदौ २०८१, १५ : ३६

काठमाडौँ । पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा केहीबेर अघिबाट पौडेलको सुनुवाइ सुरु भएको हो ।
यसअघि सोमबार नै पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धिताल, मलेसियाका लागि डा. नेत्र तिम्सिना र इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको सुनुवाइ भएको थियो । समितिमा पौडेलले आफ्नो ९ पेज लामो कार्ययोजना प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान