सुदन किराती बुधबार जन्मेकाले खोटाङतिरका एक गन्यमान्य ज्योतिषीले भनेका थिए, यसलाई भैँसी फाप्छ । घर सल्लाह गर्दा सुदनको नाममा भैँसी किन्नेमा सबै एकमत भए । मानिस आर्थिक रूपमा कमजोर हुँदै गएपछि यस्तायस्तै भाग्यवादी कुरातिर सोच्न भ्याउँछ ।
लैनो भैँसी किन्ने पैसा नभएकाले सानो पाडी किनेर हुर्काउने सल्लाह भएको थियो । सुदनका बाबुछोरा भैँसी खोज्दै सित्तेलखोला तरेर सल्लेनी गाउँ पुगे । त्यहाँ सानो पाडी छ भन्ने खबर पाएका थिए उनीहरूले । गएर बुझ्दा घरधनीले पाडीको दाम सात सय रुपैयाँ भने । त्यतिबेला सुदनका बुवाको पेन्सनै मासिक सात सय रुपैयाँ आउँथ्यो । यद्यपि पेन्सनवाला लाहुरेको बोली बिक्थ्यो । पैसा नभए पनि लाहुरेलाई पत्याएर घरधनीले गोठबाट पाडीको दाम्लो फुकाइदिए ।
पाडी रोगी रहेछ, आधा जति बाटो कटेपछि हिँड्न सकेन । पाडीलाई कसैको गोठमा बाँधेर बाबुछोरा उकालो लागे । साँझ पर्दै थियो, सुदन बुवाको पछिपछि हिँडिरहेका थिए, बुवाका कुरा सुन्दै ।
जाबो एउटा भैँसीको पाडी उधारो किन्नुपरेको छ, त्यो पनि हिँड्न नसकेर बाटैमा छाडेर आएँ, साला यो लाहुरेको हैसियत यही हो ? उनको विचार बतासिएर ब्रुनाई, हङकङ, लन्डनतिर पुग्यो र सायद उनले लन्डनमा किनेको पुरानो कोटले वर्तमानको व्यथालाई बलजफ्ती बेर्न खोजे ।
सुन्तला पाक्ने मौसम थियो, त्यतिबेला कक्षा २ मा पढ्दै गरेका फुच्चे सुदनले झोलामा थोरै सुन्तला बोकेका थिए । थुप्रै उकालो हिँडेर घरदेखि केही तलको वरको रुखनेर पुग्ने बेला बुवाले आफ्नो हरियो कोटको फेर उचाल्दै सुदनतिर हेरेर भने— यो कोट मैले लन्डनमा किनेको हुँ । मलाई हेर् त, कत्तिको सुहाएको छ ?
सुदनले बुवातिर हेरेर भने— धेरै सुहाएको छ, राम्रो देखिएको छ ।
‘फलानाको बुवा भन्दा पनि म राम्रो देखिन्छु ?’
सुदनले भने— धेरै राम्रो देखिनुहुन्छ नि !
जाबो एउटा भैँसीको पाडी उधारो किन्नुपरेको छ, त्यो पनि हिँड्न नसकेर बाटैमा छाडेर आएँ, साला यो लाहुरेको हैसियत यही हो ? उनको विचार बतासिएर ब्रुनाई, हङकङ, लन्डनतिर पुग्यो र सायद उनले लन्डनमा किनेको पुरानो कोटले वर्तमानको व्यथालाई बलजफ्ती बेर्न खोजे । अर्कोतिर, आफ्नो सानो छोराले आफूलाई कस्तो ठान्छ भन्ने जाँच्न पनि चाहे सायद ।
वरको रुख नाघेर उकालो लाग्दै गर्दा बुवाले उनलाई भने— यो उकालोमा मैले धेरै कुरा तँलाई सुनाएँ । पछि तँ यो उकालोमा हिँड्छस् होला, म मरेर जान्छु, मलाई सम्झेर तँ रुन्छस् होला, आजको दिन पनि सम्झन्छस् होला... ।
गाउँदेखि त्यही बाटो हुँदै लास झार्थे । मेरो बुवालाई पनि मरेपछि यही बाटो झार्छन्— सुदनको केटाकेटी मनले यस्तै सोच्यो र उनी बुवाको पछाडि–पछाडि रुँदै रुँदै हिँडे । बुवा अगाडि–अगाडि आफ्ना कुरा भन्दै हिँडेका थिए । बुवाले त्यतिबेला आफूलाई ठुलो मान्छे हुनु भनेको सुदनलाई गहिरो गरी सम्झना छ ।
उनीहरू अर्को दिन आएर पाडीलाई लिएर गए । त्यो पाडी हुर्केर धेरै बेत बियायो । त्यसको घिउ बेचेको पनि सुदनलाई सम्झना छ ।
बहुदल आउँदा सुदन किराती कक्षा ५ मा पढ्थे । बहुदल आएसँगै गाउँमा पार्टीको झन्डा फहराउने लहर चल्यो । खासगरी विद्यार्थीको जुलुस एउटा स्कुलबाट अर्को स्कुलसम्म पुग्थ्यो । त्यसअघि पञ्चायतकालमै पनि संगठित हुनुपर्छ भनेर विद्यार्थीलाई लुकी–लुकी सदस्यताको रसिद दिइएको थियो ।
एक साँझ, सुदनको घरका सबै सदस्य रेडियो सुन्दै अगेनाको वरिपरि बसेका थिए । सुदनका बुवा हर्कबहादुर राईले कुन पार्टीमा लाग्दा ठिक होला भन्ने विषय निकाले ।
नेपालीमा लेखिएको त्यस पुस्तकले उनलाई मार्क्स को हुन् र कम्युनिस्ट किन बन्ने भन्ने सामान्य ज्ञान दियो । ‘त्यसले पनि मलाई कम्युनिस्ट बन्न थप प्रेरित ग¥यो सायद,’ सुदन भन्छन्, ‘यद्यपि मेरो दिमागमा कम्युनिस्टको बीज रोपिदिएको मेरो बुवाले नै हो ।’
उनले भने— चीनमा कम्युनिस्ट पार्टीको सरकार थियो, माओत्से तुङको । म हङकङ र चीनको सिमानामा खटिएको थिएँ । उता चीनतिर मानिसहरू काम गर्न कमिलाझैँ निस्कन्थे । मानिसहरू भन्थे— चीनका जनता सबैले बराबर काम गर्छन् र बराबर खान्छन् । त्यहाँ धनी पनि छैनन् रे गरिब पनि छैनन् रे, सबै बराबर ।
यो सुनेपछि सुदन अनायासै कम्युनिस्ट पार्टीप्रति आकर्षित हुन पुगे । ‘बुवाको कुराले ममा कम्युनिस्ट बन्नुपर्छ भन्ने विचारको बीज रोपियो,’ सुदन भन्छन्, ‘त्यसपछि म अनेरास्ववियुमा लागिहालेँ ।’
हङकङको सेकोङमा जन्मेका सुदन ब्रुनाईमा हुर्केका हुन् । ब्रिटिस सेनाका जागिरे उनका बुवाले ब्रुनाईबाटै अवकाश लिए । बुवाले अवकाश पाएर नेपाल फर्कंदा सुदन ६–७ वर्षका थिए ।
नेपाल फर्केपछि सुदनका बुवाले धरानमा बसेर मधेसको धान खान चाहेका थिए । पूर्वतिरका अधिकांश अवकाशप्राप्त लाहुरेहरूको सपना यस्तै हुन्थ्यो— धरानमा पक्की घर होस्, मधेसमा खेत ।
सुदनकी आमाको विचार र विश्वास थियो— जहाँ घर हुन्छ, त्यहाँनजिकै खेतबारी हुनुपर्छ, अनि मात्र रेखदेख हुन्छ र उब्जनी खान पाइन्छ ।
घर सल्लाह हुँदा आमाको विचार र भावनाले जित्यो । अन्ततः लाहुरे हर्कबहादुर राई आफ्नै गाउँ फर्के, पुख्र्यौली थलोमा परम्परागत शैलीको भव्य घर बनाएर र सित्तेलखोलापारि २२–२५ मुरी धान फल्ने खेत किने ।
३५–३६ वर्षको उमेरमा अवकाश लिएका हर्क ब्रुनाईबाट फर्कंदा चार सन्तानका बाउ थिए, गाउँमा आएपछि चार सन्तान थपिए । खाने मुख बढ्यो, अवकाश लिँदा पाएको रकम घर–खेत आदिमा सकियो । माछामासु, मिठो–मसिनो खान पेन्सन कुर्नुपर्ने भयो ।
तीन–तीन महिनामा पेन्सन आउँथ्यो । पेन्सन बुझ्ने बेला चार दिनको बाटो हिँडेर सुदन पनि बुवासँग धरान झर्थे । पेन्सन बुझेपछि सुदनका बुवाले पैसा नभई अनेक सामान बोकेर घर फर्कन्थे । आज खानुपर्छ, आज हाँस्नुपर्छ भन्ने उनको बुझाइ र विश्वास थियो ।
‘वर्ष दिनलाई पुग्नेजस्तो सबै खालको मसला लैजाने, साबुन–चिनी लैजाने तर एक पैसा नलैजाने,’ सुदन बुवाको बानी र भावना पर्गेल्ने कोसिस गर्छन्, ‘बुवालाई धरानमा घर नभएकामा ग्लानि थियो होला । आफ्ना नम्बरीहरू धरानमा घर बनाएर बसेका थिए । बुवाले उनीहरूलाई देखाउन चाहनुहुन्थ्यो सायद । मलाई पनि नहेप भन्ने ढंगले बुवाले उनीहरूको अगाडि खर्च गरेर देखाउनुहुन्थ्यो । धरानका लाहुरे साथीभाइलाई कार्टुनका कार्टुन बियर खुवाउनुहुन्थ्यो ।’
प्रजातन्त्र आएपछि सुदनको गाउँमा अराजकता अति नै बढ्यो । कांग्रेसीका घरमा कम्युनिस्टहरू र कम्युनिस्टको घरमा कांग्रेसीहरू मलामी वा जन्ती जानै नहुनेजस्तो वातावरण बनेको थियो ।
यता घरमा सय–पचासदेखि आधा खेत खाइदिने गरी ऋण बढ्यो । ऋणले आत्तिएर आमा रोएको सुदनले धेरैपटक देखे । अवस्था खस्कँदै गएपछि उनीहरूले अर्काको बारीमा अधियाँमा कोदो रोप्न थाले । सुदन र उनकी दिदीले कोदो रोप्थे, बुवाले खन्ने ।
ब्रुनाईको सुखमा हुर्केका सुदन गाउँले जीवनसँग जोडिन सकिरहेका थिएनन् तर बाध्य थिए । उनलाई उतैको खाना, उतैका साथी र उतैको रमझमको सम्झनाले सताइरहन्थ्यो । गाउँमा उनले सोचेजस्तो केही थिएन । उनले दुःख र सुखबिचको ठुलो खाडल महसुस त गरे तर उनलाई यसको कारण थाहा थिएन । देश धनी र गरिब किन हुन्छ ? मानिसहरू धनी र गरिब के कारणले हुन्छन् ? क्रमशः यस्तै कारणहरूको खोजी गर्दै जाँदा सुदन अन्ततः कम्युनिस्ट हुन पुगेका रहेछन् ।
कक्षा ६ मा पढ्दा उनी एकपटक गाउँकै साथीको घरमा पुगेका थिए । कांग्रेसमा लागेका भए पनि ती साथीका दाइले घरमा कार्ल मार्क्सको जीवनी राखेका रहेछन् । सुदनले त्यो पुस्तक खुसुक्क लिएर हिँडे, अर्थात् चोरे ।
नेपालीमा लेखिएको त्यस पुस्तकले उनलाई मार्क्स को हुन् र कम्युनिस्ट किन बन्ने भन्ने सामान्य ज्ञान दियो । ‘त्यसले पनि मलाई कम्युनिस्ट बन्न थप प्रेरित गर्यो सायद,’ सुदन भन्छन्, ‘यद्यपि मेरो दिमागमा कम्युनिस्टको बीज रोपिदिएको मेरो बुवाले नै हो ।’
प्रजातन्त्र आएपछि सुदनको गाउँमा अराजकता अति नै बढ्यो । कांग्रेसीका घरमा कम्युनिस्टहरू र कम्युनिस्टको घरमा कांग्रेसीहरू मलामी वा जन्ती जानै नहुनेजस्तो वातावरण बनेको थियो ।
‘वास्तवमा बहुदलसँगै समाजमा दलगत विभाजन पनि आएको थियो,’ सुदन बहुदलपछिको संक्रमणकाल भन्छन्, ‘स्कुल तथा क्याम्पसको अवस्था झनै बिजोक थियो— आन्दोलन, तालाबन्दी, झडप आदि । चुनाव हुने भएसँगै यस्ता दलीय गतिविधिले उग्र रूप लिँदै गयो ।’
आमसभामा, जुलुसमा, स्कुल–क्याम्पसमा जहाँसुकै तन्नेरीहरूबिच झगडा होस् पुरै गाउँलाई मुद्दा लगाउँथे । अनेरास्ववियुमा लागेका सुदनमाथि ८–९ कक्षासम्म पुग्दा ११ वटा मुद्दा लागेका थिए । गाउँमा बसिसक्ने स्थिति नभएपछि उनी धरान झरे, धरानमा उनकी दिदीले मेडिकल पसलमा औषधि बेच्ने काम गर्दै पढ्थिन् ।
सुदनले दिदीलाई भने— दिदी, मैले अब पढ्दिनँ, गाउँमा बस्न सक्ने अवस्थै छैन ।
‘नपढ्ने नै भए के गर्छस् त ?’ दिदीले सोधिन् ।
‘केही काम गर्नुपर्ला,’ घरको अवस्था बुझेका सुदनले भने ।
‘उसो भए काँकडभित्ता जाने बसको कन्डक्टर गर्छस् त ?’ दिदीले सोधिन् ।
सुदनले हुन्छ भनेपछि दिदीभाइ बसको काउन्टरमा बुझ्न गए । तर त्यहाँ दुई हजार रुपैयाँ धरौटी राख्नुपर्ने रहेछ । त्यतिबेला दिदीको तलब नै नौ सय रुपैयाँ थियो । धरौटी राख्ने पैसा नभएर उनी कन्डक्टर बनेनन् ।
त्यसपछि उनी धरानस्थित घोपा क्याम्पमा सरसफाइको काम गर्न पुगे । जुन क्याम्पमा उनीहरू ब्रुनाईबाट फर्केपछि केही महिना बसेका थिए, पेन्सनपट्टा मिलाउन । दुई दिनजति त्यहाँको भुइँ पुछेपछि सुदनलाई पुराना दिनको सम्झना हुन थाल्यो । होइन जीवनमा केही गर्नैपर्छ भन्ने अठोट लिएर उनी गाउँ फर्केर एसएसली गरे ।
त्यति बेलासम्म विद्यार्थी राजनीतिप्रति उनको मोह भंग भइसकेको थियो । बुवाले पनि छोरो लाहुरे होस् भन्ने चाहन्थे । यद्यपि पढेर केही गर्ने उद्देश्यसहित उनी भोजपुर बहुमुखी क्याम्पसमा भर्ना भए, तर पहिलो दिनै उनी नेवि संघका केटाहरूबाट कुटिए ।
सुदन सिराहाको जेलमा थिए, संकटकालको बेला थियो । एक दिन एक्कासि जेलभित्र माइकबाट उनको नाम बोलाइयो । उनी सोचमा परे— के परेछ यस्तो, नामै बोलाउनुपर्ने ! कतै मलाई यहाँदेखि अन्यत्र लगेर मार्ने त होइनन् ?
‘त्यही रात मैले जिल्ला छाडेँ र धरान झरेँ,’ सुदन भन्छन्, ‘त्यसपछि मैले भर्ती हुने कोसिस गरेँ । आफू सबै कुरामा फिट र पास हुँदाहुँदै पनि पुलिस रिपोर्टले मलाई अप्ठेरो पार्यो, भर्ती हुन सकिनँ । हङकङ जाने आईडी थियो, तर मैले सामाजिक असमानताकै लागि लड्ने निर्णय गरेँ ।’
यो बिचमा उनकी दिदी हङकङ गइन् र घरको ऋण तिरिदिइन् । घरमा आमालाई तनावमुक्त देखेपछि सुदनको ध्यान पुनः राजनीतितिर सोझियो । यतिबेलासम्म उनको दलगत आस्था बदलिन पुगेको थियो । त्यतिबेला पश्चिम नेपालतिर माओवादी जनयुद्ध चर्कन थालिसकेको थियो । उनले पत्रपत्रिकामा माओवादीका समाचार खोजी–खोजी पढ्न थाले । विश्वमा भएका कम्युनिस्ट आन्दोलनसम्बन्धी सामग्री पनि खोजी खोजी पढ्थे ।
त्यही बेला पूर्वतिर गोपाल खम्बुको खम्बुवान राष्ट्रिय मोर्चाले गतिविधि बढाइरहेको थियो । यही मोर्चा हुँदै सुदन अन्ततः माओवादी जनयुद्धमा लागे ।
सुदन सिराहाको जेलमा थिए, संकटकालको बेला थियो । एक दिन एक्कासि जेलभित्र माइकबाट उनको नाम बोलाइयो । उनी सोचमा परे— के परेछ यस्तो, नामै बोलाउनुपर्ने ! कतै मलाई यहाँदेखि अन्यत्र लगेर मार्ने त होइनन् ?
संंकटकालका बेला जेल वा हिरासतमा पुगेका माओवादी कार्यकर्ता तथा लडाकुको जीवनको कुनै मोल थिएन । जुनसुकै बेला जेसुकै हुन सक्थ्यो । यस्तै त्रास र तर्कनाका साथ बाहिर निस्केका उनले केही पर आफ्नो बुवालाई देखे । बुवा उनलाई खोज्दै–खोज्दै जेलसम्म आएका रहेछन् ।
सुदन जेल परेको ६ महिना २३ दिन भएको थियो, हिरासतभित्रको भयानक यातनाबाट उनी भर्खर–भर्खर तङ्ग्रिन खोज्दै थिए । दुब्ला–पातला सुदनले फलामे ढोकानेर पुगेर बुवालाई हेरे, बुवाले भने उनीसँग आँखा जुधाउन सकेनन् । उनी छड्के परेर अन्तै हेरेर बलिन्द्र धारासहित रुन थाले । फलामको डन्डीमाथि तप–तप आँसु चुहिएको थियो । बुवा रोएको देखेर सुदनका पनि आँसु थामिएनन् । यी दुई बाउछोरा जीवनमा पहिलोपटक सँगै रोए ।
ब्रुनाई छँदा सुदनका बुवा ड्युटीबाट पसिनै पसिना भएर आउँथे र आउनेबित्तिकै सुदनलाई साइकलमा राखेर एक चक्कर सहर घुमाउँथे । सुदनले बिजुली बत्ती र गाडीका लाइन हेरेर निकै समय बिताउँथे । उनलाई सुन्तला रङको कार असाध्यै मन पथ्र्यो । बुवाले उनलाई त्यस्तै रङको सानो खेलौना कार पनि किनिदिएका थिए ।
प्रत्येक आइतबार बुवाको छुट्टी हुँदा उनीहरू समुद्रको किनारमा जान्थे र बल्छी खेल्थे । रुँदारुँदै सुदनका स्मृतिमा यी सबै दृश्य घुम्न भ्याए ।
बुवाले भन्थे— के बिहे गर्नु, तिमी मर्यौँ भने त म यी छोराछोरीलाई एउटा कम्मलमा हालेर उनीहरूसँगै सप्तकोशीमा पस्छु ।
‘बुवाले भासिएको स्वरमा भन्नुभयो— मैले के देख्नुपरेको यो ! भर्ती भइनस्, आईडी थियो हङकङ गइनस् ! मन्त्री हुन्छु भनेर हिँडिस् होला । सम्झी त पुराना दिनहरू, तँलाई मैले कसरी हुर्काएको थिएँ ?’ सुदन त्यतिबेलाका बुवा र आफ्ना शब्द सम्झन्छन्, ‘मैले भनेँ— अहिले म पीडाले रोएको होइन बुवा । तपाईं रोएको देखेर मात्रै रोएको हुँ । जेल भनेको बहादुरहरूलाई थुन्ने ठाउँ रहेछ । तपाईंंको छोरा म सायद बहादुर परेँ । यो मेरा लागि ठुलो विश्वविद्यालय छ, मैले यहाँ धेरै कुरा सिक्दै छु । चिन्ता नगर्नू, मलाई भित्र एकदमै राम्रो छ ।’
सुदनको हातमा तीन हजार रुपैयाँ राखिदिएर उनी बाटो लागे । धेरैबेर कुरा गर्न आर्मीले दिँदैनथ्यो । त्यतिबेला सुदनको बुवाको खै के मन भएछ कुन्नि ! उनी घर फर्केनन्, बुढेसकाल (५७ वर्षको उमेर)मा दोस्रो विवाह गरेर बाहिर कतै बस्न थाले । पछि उनी कान्छी श्रीमती लिएर बेलायत गए ।
भर्खर भर्खर ब्रुनाईबाट फर्केर गाउँमा बसेका बेला सुदनले आफ्नी आमा र बुवाबिच गहिरो प्रेम देखेका थिए । उनका बुवा र आमा राति उठेर सँगसँगै जाँतो पिस्थे । वा घरको अन्य काम गर्थे ।
कामसँगै मन बहलाउने कुरा पनि गर्थे । सुदनले बिस्ताराबाटै बाबुआमाका कुरा सुनेका हुन्थे ।
आमाले भन्थिन्— म मरिहालेँ भने त बिहे गर्छौ होला नि ?
बुवाले भन्थे— के बिहे गर्नु, तिमी मर्यौँ भने त म यी छोराछोरीलाई एउटा कम्मलमा हालेर उनीहरूसँगै सप्तकोशीमा पस्छु ।
यस्ता मायाप्रितीका कुरा गर्ने बुवाले दोस्रो बिहे गरेकामा सुदनलाई अचम्म लाग्छ ।
संविधानसभाको सभासद् भएपछि सुदनले बुवालाई धरानमा भेटे । उनले बुवालाई घरमा लैजान चाहेका थिए, तर आमाले चाहिनन्, बुढेसकालमा अर्को विवाह गरी आफूलाई धोका दिएको भन्ठानेर होला सायद, एक ढंगले उनले श्रीमानलाई अस्वीकार गरिन् र अस्वीकार गरेरै ०६६ सालमा संसार छाडिन् ।
सुदन कक्षा ४ मा पढ्दै थिए । गाउँका एकजना काका बिते । उनको सत्गत् गर्ने क्रममा बाहुन चाहिने भयो । किरात भए पनि हिन्दुकृत भएकाले उनीहरूले यस्ता अनुष्ठानमा बाहुन नै लगाउने गर्थे । घरदेखि नजिकैका बाहुन बोलाउन बुवाले चिठी लेखे र पुर्याउने जिम्मा सुदनलाई दिए । बाहुनका छोरा र सुदनले एउटै स्कुल पढ्थे, स्कुल गएर उनैलाई चिठी दिन बुवाको आदेश थियो । त्यस दिन अर्कैको लहै लहैमा लागेर सुदन स्कुल गएनन् । भरे घर फर्केर बाहुनका छोरा नै स्कुल नआएको बुवालाई बताए ।
भोलि बिहानका लागि बाहुन चाहिन्थ्यो । साँझपख बुवा सुटबुट कसेर निस्के, बाहुन बोलाउन । झुट बोलेकामा सुदनलाई फसाद पर्यो । भरे पोल खुल्यो र सुदनले जीवनमा पहिलोपटक बुवाको हातबाट नराम्रोसँग कुटाइ खाए । यस घटनाले उनलाई जिम्मेवार र वचनको पक्का बन्नुपर्छ भन्ने शिक्षा दियो ।
पछि सुदनका बुवा कान्छी श्रीमतीलाई लिएर बेलायत गए । त्यहाँ उनलाई प्यारालाइसिस भयो । यद्यपि उनले कान्छी श्रीमती र कान्छी छोरीसँग जीवनको उत्तराद्र्ध गुजार्दै थिए ।
कोरोना महामारी फैलिएसँगै सुदनले बुवालाई काठमाडौँ ल्याए; काठमाडौँमा पनि त्रास भएपछि गाउँ लगे । गाउँमा उनले पीडा बिर्सने नाममा अति नै रक्सी खान थालेपछि स्वास्थ्यमा थप समस्या देखियो । त्यसपछि उनलाई काठमाडौँ ल्याइयो । काठमाडौँ ल्याउँदा उनको अवस्था जटिल थियो, ह्विल चियरमा हिँडाउनुपथ्र्यो । बेलुका–बेलुका मसाज गरिदिनुपथ्र्यो । यो बेला उनले बुवालाई विभिन्न ठाउँ घुमाए ।
यत्तिकैमा देशमा चुनाव भयो । यता मन्त्रिमण्डल गठन हुने प्रक्रिया सुरु हुँदै थियो । एक बिहान सुदन घरको छतमा निस्केका थिए । पार्टी अध्यक्ष प्रचण्डको फोन आयो— तपाईं मन्त्री हुुनु हुँदै छ । १ बजेतिर शपथ ग्रहण छ, शीतल निवास आउनुपर्यो, दसै बजे हिँड्नुहोला ।
उनले सोधे— कुन मन्त्रालय हो मैले चलाउनुपर्ने ।
‘संस्कृति पर्यटन नागरिक उड्ययन ।’
सुदन तल झरेर बुवालाई भने— बुवा म त मन्त्री हुने भएँ नि !
उनी बेसरी कामेर रोए र कामेकै स्वरमा विश्वास नमानेझैँ गरेर सोधे— होइन, यो साँच्चैको कुरा हो ?
सुदनले भने— सिरहाको जेलमा तपाईंले मलाई भेट्न आउँदा भन्नुभएको थियो— मन्त्री हुन्छु भनेर हिँडिस् होला, मन्त्री भइस् होइन ? हुन त म मन्त्री हुन्छु भनेर हिँडेको थिइनँ । तर म आज तपाईंको अगाडि मन्त्री हुँदै छु ।
खुसीले बुवा झनै भक्कानिएर रोए, सुदनले पनि आफूलाई थाम्न सकेनन् ।
सुदनका बुवा खसेको एक वर्षजति भयो । बुवा खस्नुभन्दा केही दिनअघि सुदन भोजपुर पुगेका थिए, टक्सार विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्न ।
त्यहाँ उनले नराम्रो सपना देखे । सपनामा उनी हस्पिटलको बेडमा थिए, उनको दाहिने खुट्टा काट्नुपर्ने भएको थियो । डाक्टरहरू अप्रेसनका लागि तम्तयार अवस्थामा थिए । सुदनको मनमा कुरा खेल्दै थियो— अब कसरी यो खुट्टाबेगर बाँच्ने होला !
बिहान ब्युँझेर उनले आफ्नो सपना सम्झँदै थिए, काठमाडौँबाट फोन गरेर भनियो— बुवालाई वीर अस्पतालमा ल्याएको छ, आईसीयुमा हुनुहुन्छ, अवस्था जटिल छ, तुरुन्त आउनुहोला ।
हतारहतार शिल्यान्यास कार्यक्रम सम्पन्न गरी सुदन त्यहीँ साँझ काठमाडौँ आए । हरेक बिहान बुवाको अवस्था बुझेर मात्रै उनी आफ्नो कार्यालयतिर लाग्थे । साँझमा बुवाको सेवा–सुसारमा हाजिर हुन्थे ।
यो बिचमा सुदनका बाबुछोराबिच केही खासखास कुरा भए । आफ्ना अन्तिम दिन आएको ठानेर होला बुवाले आफ्नो चिन्ताका केही कुरा सुदनलाई सुनाए । उनलाई माहिलो छोरा, कान्छी श्रीमती र कान्छी छोरीको बढी चिन्ता रहेछ ।
खासगरी उनले माहिलो छोरा र कान्छी श्रीमतीको नाममा पेन्सन जाओस् भन्ने चाहेका रहेछन् । सुदनका माहिला भाइ बोल्न सक्दैनन् । ब्रुनाईबाट फर्केपछि उनलाई टाइफाइड भएको थियो, त्यस बेला राम्रो उपचार नगरी माछामासु बढी खुवाएकाले उनको बोली बन्द भएको रहेछ । घरमा धामी–झाँक्रीदेखि पूजा–पञ्चवली निकै गरियो तर उनको बोली फर्केन ।
‘बुवालाई माहिलो छोरो हेलामा पर्छ कि भन्ने रहेछ,’ सुदन भन्छन्, ‘मैले बुवालाई ढाडस दिएँ— चिन्ता नगर्नु बुवा । अहिले नै तपाईंलाई केही हुँदैन । अर्को कुरा— माहिलो भाइ, आमा र कान्छी बहिनीको चिन्ता गर्नुपर्दैन । म छु । पेन्सन पनि माहिला भाइ र आमाकै नाममा गर्दिन्छु भनेर ।’
प्राण त्याग्नुअघि बुवाले उठाएको त्यो हातको भाषा सुदनले अझैसम्म बुझ्न सकेका छैनन् । उनी अनेक तर्कना गर्छन्— बुवाले मलाई छोरा राम्रो गर्दै गएस् भनेर आशीर्वाद दिनुभएको हो कि ? अब मलाई यहाँ नराख्, गाउँमा लैजा भनेको पो हो कि ? राईहरूको त चुलामा जाने भन्ने हुन्छ । अथवा, म बेलायततिर जान्छु भनेको हो कि ? या, सम्पूर्ण जिम्मा अब तेरै हो है भनेको हो कि ?
यस्ता संवाद हुँदा बाबुछोरा दुवैका आँखा ओभाना थिएनन् । सेकेन्ड, मिनेट, घन्टा बित्दै जाँदा बुवा झन्झन् शिथिल हुँदै गए ।
मन्त्री रहेका सुदनको काँधमा बाबुसँगै देशको जिम्मेवारी थियो । उनी आफ्नो कामकै सिलसिलामा रहेका बेला अस्पतालबाट बिहानै फोन आयो— बुवाको अवस्था गम्भीर छ, तपाईं आउनुपर्यो ।
सुदन बुवालाई भेट्न पुगे । सुदनलाई देख्नेबित्तिकै बुवाले आशीर्वाद दिएको भाँतीमा हात उठाए र एकमुठी प्राण त्यागे ।
प्राण त्याग्नुअघि बुवाले उठाएको त्यो हातको भाषा सुदनले अझैसम्म बुझ्न सकेका छैनन् । उनी अनेक तर्कना गर्छन्— बुवाले मलाई छोरा राम्रो गर्दै गएस् भनेर आशीर्वाद दिनुभएको हो कि ? अब मलाई यहाँ नराख्, गाउँमा लैजा भनेको पो हो कि ? राईहरूको त चुलामा जाने भन्ने हुन्छ । अथवा, म बेलायततिर जान्छु भनेको हो कि ? या, सम्पूर्ण जिम्मा अब तेरै हो है भनेको हो कि ?
बुवा खस्नु केही दिनअघि आफूले देखेको सपनाबारे भने सुदन स्पष्ट अर्थ खोज्छन्— हुन त मलाई सपनामाथि उत्रो विश्वास होइन, यो सपनामाथि घोत्लिँदा लाग्छ, बुवा मेरो दाहिने खुट्टा हुनुहुन्थ्यो ।
सुदनलाई एउटा थकथकी छ— उनले बुवालाई आफू मन्त्री भएर बसेको कुर्सी देखाएनन् । कामको व्यस्तताले गर्दा उनलाई यस्तो सोच आएन, अचेल लाग्छ— मैले बुवालाई मेरो कार्यालय र कुर्सी देखाउनुपथ्र्यो ।
०००
कुशे औँसीको सन्दर्भ पारेर सुदनसँग रातोपाटीले ‘बा–संवाद’ गरेको थियो । आफ्नो बुवालाई सुदनले गहिरो गरी सम्झने कोसिस गरे ।
बोलेका शब्द र सन्दर्भहरूसँगै सुदनको अनुहारमा आउने भावलाई नियाल्दा यस्तो लाग्छ, उनी भावुक र संवेदनशील प्रकृतिका हुन् । कताकता उनको ध्यानलाई पुरानो सम्झना वा नयाँ संसार (सायद बुवाले मनमा पारिदिएको कम्युनिस्ट देश)ले खिचिरहेको छ ।
१ प्रतिक्रिया