मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

वन मन्त्रालय स्विकार्दिनँ, कुरा नमिले राजीनामा दिन्छु : मनाङे

सोमबार, १७ भदौ २०८१, १४ : ४४
सोमबार, १७ भदौ २०८१

काठमाडौँ । मन्त्रालय परिवर्तन भएपछि गण्डकीका स्वतन्त्र प्रदेश सांसद तथा मन्त्री दीपक मनाङे असन्तुष्ट बनेका छन् ।  यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो ।

त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न नगएका हुन् ।   

उनले वन मन्त्रालय नस्विकार्ने बताए ।  ‘वन मन्त्रालय मैले स्वीकारेको छैन । मुख्यमन्त्रीज्यूसँग कुरा गर्दैछु’ उनले रातोपाटीसँग भने । कुरा नमिले राजीनामा दिने उनको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप