एमएस धोनी र कपिल देवमाथि खनिए युवराज सिंहका पिता, भन्छन्– ‘तिमीलाई दुनियाँले थुक्नेछन्’
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी युवराज सिंहका पिता पुरानो प्रसङ्ग कोट्याउँदै पुनः दुई पूर्वकप्तान महेन्द्रसिंह धोनी र कपिल देवमाथि खनिएका छन् । आफ्नो समयका प्रभावशाली खेलाडी युवराज सिंहका पिता योगराज सिंहले धोनी र कपिल देवको चर्को आलोचना पनि गरेका छन् ।
उनले धोनी र कपिल देवमाथि आफ्नो छोराको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् । योगराज सिंहले आफूले कपिलदेव र धोनीलाई कहिल्यै माफ नगर्ने पनि बताएका छन् । योगराज सिंहले यसअघि पनि धोनी र कपिल देवमाथि आक्रोश व्यक्त गर्दै आएका छन् ।
‘म महेन्द्रसिंह धोनीले कहिल्यै माफ गर्नेछन । धोनीले सबैभन्दा पहिले ऐनामा आफ्नो अनुहार हेर्नु आवश्यक छ । खेलाडीका रूपमा म उनलाई सम्मान गर्छु । तर, उनले मेरो छोरासँग जुन व्यवहार गरे त्यसलाई लिएर म उनलाई कहिल्यै माफ गर्ने छैन,’ उनले भनेका छन् ।
उनले धोनीले आफ्नो छोरा युवराज सिंहको जिन्दगी बर्बाद गरेको आरोप पनि लगाएका छन् । ‘धोनीले मेरो छोराको जिन्दगी बर्बाद गरी दिए । युवराज सिंह अझै पाँच वर्ष क्रिकेट खेल्न सक्थे । युवराजले क्यान्सरजस्तो घातक रोगसँग लड्दै पनि देशलाई विश्वकपको उपाधि चुमाए । यो देशका लागि सानो योगदान पक्कै होइन,’ उनले भनेका छन् ।
यसैगरी युवराजका पिता योगराज कपिल देवमाथि त झनै नराम्ररी खनिएका छन् । ‘महान् कप्तानको उपमा पाएका कपिल देवलाई पनि म छाड्ने छैन । कुनै दिन दुनियाँले तिमीलाई थुक्नेछन् । युवराज सिंहले १३ वटा ट्रफि जितेका छन् । तिमीले त्यही एउटा विश्वकप जितेको होइन ?’ कपिल देवमाथि आक्रोश पोख्दै उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?
-
औषधी सिफारिसमा स्वास्थ्य मन्त्रीले लिए ‘एक्सन’
-
राष्ट्रिय परिचयपत्र विवाद : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
-
यस्तो देखियो क्रिसमस ‘इभ’, तस्बिरमा हेर्नुहोस्