५ सय करोड क्लबमा सामेल भयो ‘स्त्री २’

मुम्बई । राजकुमार राव र श्रद्धा कपुर अभिनित बलिउड चलचित्र स्त्री २ बक्स अफिसमा ५ सय करोड क्लबमा सामेल भएको छ । रिलिज भएको तेस्रो हप्तामा चलचित्रले यो कोशेढुंगा पार गरेको हो ।
स्त्री २ को क्रेज अझै समाप्त भएको छैन । विश्लेषकहरुले चलचित्रले ६ सय करोड भारतीय रुपैयाँसम्म कमाउन सक्ने आङ्कलन गरेका छन् ।
यो चलचित्र गत अगस्त १५ मा रिलिज भएको थियो । आइतबार २२.१० करोड भारतीय रुपैयाँ कमाउँदै चलचित्रले कूल ५०२.३५ करोड भारु कमाइसकेको छ ।
५ सय करोड क्लबमा सामेल हुने स्त्री २ छैटौँ चलचित्र बनेको छ । यसअघि पठान, जवान, गदर २, एनिमल र बाहुबलीले ५ सय करोडभन्दा बढीको कमाई गरेको थियो ।
चलचित्रले पहिलो हप्तामा ३०७.८० करोड भारु कमाएको थियो । दोस्रो हप्ता १४५.८० करोड कमाएको चलचित्रले तेस्रो हप्ता ४८.७५ करोड कमायो ।
कमर कौसिकद्वारा निर्देशन गरिएको चलचित्रले दुईवटा चलचित्रसँग भिडे पनि उसको कमाइमा खासै असर परेको देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा निश्चललाई स्वर्ण
-
युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर
-
रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्
-
एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
-
२०८२ साल लागेसँगै पुँजी बजारमा उत्साह, सातामा १९.३४ अंकले वृद्धि
-
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव सुरु