पारा ओलम्पिकमा पदक जितेर सात महिनाकी गर्भवती खेलाडीले रचिन् इतिहास

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिक खेलकुद प्रतियोगितामा एउटा गजबको घटना भएको छ । प्रतियोगितामा एक सात महिनाकी गर्भवती खेलाडीले पदक जितेर जितेर इतिहास रचेकी छन् ।
बेलायती खेलाडी जोडी ग्रिनहमले महिला आर्चरीमा कांस्य पदक जितिन् । उनी अहिले सात महिनाको गर्भवती छिन् । पेरिस ओलम्पिकमा पदक जितेपछि यतिबेला उनी सर्वत्र चर्चाको विषय बनेकी छन् । सामाजिक सञ्जानमा पनि उनको व्यापक चर्चा भइरहेको छ ।
३१ वर्षीय जोडीले आर्चरीको महिला एकल कम्पाउन्ड स्पर्धामा कांस्य पदक चुमेकी हुन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनको प्रतिस्पर्धी पनि बेलायती खेलाडी नै थिइन् । जोडीले बेलायती खेलाडी फोएब पिटर्सन पाइनलाई १४२–१४१ स्कोरले हराउँदै पदक हात पारिन् ।
पारा ओलम्पिकको अघिल्लो संस्करणमा फोएब पिटर्सन पाइनले स्वर्ण पदक जितेकी थिइन् । जोडी पारा ओलम्पिक खेलकुदको इतिहासमै पदक जित्ने पहिलो गर्भवती खेलाडी पनि बनेकी छन् । जोडीको बायाँ हातमा समस्या छ ।
त्यसैले खेलका क्रममा उनी दायाँ हातले मात्र निशाना साँध्ने गर्छिन् । उनी आर्चरीको मिक्स्ड टिम कम्पाउन्ड स्पर्धाको क्वार्टरफाइनलमा पनि पुगेकी छन् । त्यो स्पर्धाको क्वार्टरफाइनल खेल हुन भने बाँकी छ ।
‘यो म एक्लैले जितेको पदक होइन । मेरो पेटमा रहेको बच्चाको पनि यसमा योगदान छ । त्यसैले यो पदकले मेरो जीवनमा निकै ठुलो अर्थ राख्छ । नढाँटी भन्नु पर्दा, मैले यो पदकको आशा भने गरेकी थिइन,’ कांस्य जितेपछि जोडीले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण