मुख्यसचिव पदबाट पतिले अवकाश पाएलगत्तै पत्नीलाई जिम्मेवारी
काठमाडौँ । भारतको केरल राज्यमा एउटा अनौठो संयोग देखिएको छ । राज्य सरकारको मुख्यसचिव भी भेणुले उमेर हदका कारण अवकाश पाएलगत्तै उनकी पत्नी शारदा मुरलीधरनले मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन् ।
भेणुले शुक्रबार अवकाश पाएका हुन् । भेणु र उनकी पत्नी एक साथ भारतीय प्रशासन सेवा (आइएएस)मा प्रवेश गरेका थिए । उनीहरू १९९० ब्याचका आइएएस अधिकारी हुन् । नवनियुक्त मुख्यसचिव शारदा मुरलीधरनले ८ महिना प्रशासनिक नेतृत्व गर्नेछिन् ।
त्यसपछि उनले पनि अवकाश पाउनेछिन् । कांग्रेस आइका नेता शशि थरुरले सोशल मिडिया प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, ‘भारतमा पहिलो पटक (जहाँसम्म सम्झना छ), केरलका निवर्तमान मुख्यसचिव डा. भी भेणुले निरुवन्तपुरमस्थित सचिवालयमा एक औपचारिक हस्तान्तरण समारोहमा आफ्नी पत्नी शारदा मुरलीधरनलाई मुख्यसचिवको जिम्मेवारी सुम्पिनुभयो ।’
केरलका मुख्यमन्त्री पिनरई विजयनले केरलमा दम्पतीले नै प्रशासनिक जिम्मेवारी सम्हालेको अनेकौँ उदाहरण भए पनि मुख्यसचिव पदमा पतिको कार्यकालपछि पत्नीले जिम्मेवारी सम्हालेको पहिलो पटक देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्