क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्दै
सोमबार, १७ भदौ २०८१, ११ : ०३

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचार, महँगी, एमसीसी लगायतको विरोधमा सोमबार देशव्यापी जनप्रदर्शन गर्ने भएको छ । राजधानीमा दिउँसो १२ बजे शान्ति बाटिकामा तीनवटै जिल्लाबाट नेता तथा कार्यकर्ता भेला भएर जनबहालमा पुगेर कोणसभा गरी सम्पन्न हुने नेता हुकुम सिंहले जानकारी दिए ।
पार्टीको निर्णयअनुसार विरोध प्रदर्शन हुन लागेको उनले बताए । पछिल्लो समय राष्ट्रियता कमजोर भएको, विदेशी हस्तक्षेप बढेको, भ्रष्टाचार, महँगी वृद्धिका कारण जनता आक्रान्त भएकाले देशव्यापी रूपमा विरोध प्रदर्शन गर्न लागेको सिंहले दाबी गरे ।
साउन २६ देखि २९ सम्म बसेको महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशनसम्म विभिन्न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकले मङ्सिरको दोस्रो हप्ता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय