सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

एभरेस्ट महिला भलिबल लिग : ललितपुर क्विन्सको लोगो सार्वजनिक

सोमबार, १७ भदौ २०८१, १० : ३५
सोमबार, १७ भदौ २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगका लागि ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

एभरेस्ट महिला भलिबल लिग असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुँदैछ ।

ललितपुर क्विन्स रुप्से होलिडेजको सहायक कम्पनी रुप्से स्पोर्टसको स्वामित्वमा रहेको छ । रुप्से स्पोर्टसले सामाजिक सञ्जालमार्फत आफ्नो लोगो सार्वजनिक गरेको हो ।

महिला भलिबलको सशक्तीकरण र नेपाली खेलकुदको समग्र विकासका लागि आफूहरू खेलकुदमा सक्रिय भएको रुप्से स्पोर्टसले जनाएको छ ।

ललितपुर क्विन्सको कप्तानमा सलिना श्रेष्ठ रहेकी छन् । टोलीमा रहने अन्य घरेलु खेलाडी र विदेशी खेलाडीको विषयमा निकट भविष्यमै जानकारी गराइने रुप्से स्पोर्टसले जनाएको छ ।

ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्का रहेका छन् । नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिगमा ६ टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताको आयोजक इन्फिनिटी ड्रिम्स प्राली रहेको छ । प्रतियोगितामा सहभागी हुने टोलीमा गण्डकी, काठमाडौँ, ललितपुर, चितवन, कर्णाली र मधेस रहेका छन् ।  

इन्फिनिटी ड्रिम्सले फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घसँग सात वर्षका लागि सम्झौता गरेको छ । यसका लागि इन्फिनिटी ड्रिम्सले संघलाई वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

महिला भलिबल फ्रेन्चाइज लिगमा प्रत्येक टोलीले १४ खेलाडी राख्न पाउने छन् । प्रत्येक टोलीले नौ जना नेपाली र तीन जना विदेशी खेलाडी राख्न पाउने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप