बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
गजल

मेरो बा

सोमबार, १७ भदौ २०८१, ०८ : १५
सोमबार, १७ भदौ २०८१

मेरो तागत बा हो मेरो हौसला बा हो
मेरो अस्तित्व, परिचय र कला बा हो

म अहिले जहाँ छु जे जति यी गर्दै छु
ती  अङ्क, गणित एवं हर पला बा हो

म हिँडेको बाटो र गन्तव्य देखाउने
गुरु झैँ सभ्य भगवान् झैँ भला बा हो

भोकाएको बेला खाना खुवाउने मान्छे
नाङ्गो हुँदा लुगा दिने त्यो अबला बा हो

झट्ट देख्दा अरूले मेरो प्रगति देख्लान्
वास्तवमा हृदय बासी मूल थला बा हो

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण गजुरेल
बालकृष्ण गजुरेल
लेखकबाट थप