ला लिगामा एम्बाप्पेको पहिलो गोल, रियल विजयी
सोमबार, १७ भदौ २०८१, ०५ : ५८

मड्रिड । स्पेनिस ला लिगामा एम्बाप्पले पहिलो गोल गर्दा रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा रियल २–० गोलले विजयी बन्यो ।
फ्रेन्च फरवार्डले खेलको ६७ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनलाई फेडेरिको भालभर्डेले गोलको अवसर सिर्जना गरे ।
त्यसपछि बेटिसका गोलकिपरले भिनिसियस जुनियरलाई लडाएपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरे । यूईएफए सुपरकपमा एटलान्टाविरुद्ध गोल गरेपछि एम्बाप्पेले ला लिगाका सुरुवाती तीन खेलमा गोल गर्नबाट चुकेका थिए ।
चार खेलपछि २ मा जित र २ मा बराबरीसहित रियल ८ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको १२ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
-
कर्फ्यू लगाएपछि सुनसान देखिएको वीरगञ्जको घण्टाघर आसपासको सडक
-
परिस्थिति पेचिलो र गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ : प्रचण्ड
-
उच्च पदस्थ सरकारी कर्मचारीलाई राजनीतिक नियुक्ति दिँदा कुलिङ समय राख्न डा. कोइरालाको माग
-
कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
-
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली