इराकको पहिलो जनगणनाका लागि दुई दिने कर्फ्यु
बगदाद । इराकमा २७ वर्षमा मुलुकको पहिलो जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले आइतबार घोषणा गरेका छन् ।
“जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ”, प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले एक विज्ञप्तिमा भने । दशकौँको द्वन्द्व र हिंसाले ग्रस्त इराकले विशेषगरी विवादास्पद क्षेत्रहरूमा समुदायहरूबीचको तनावका कारण धेरै पटक जनगणनालाई स्थगित गरेको छ ।
पछिल्लो पटक स्वायत्त कुर्दिस्तान क्षेत्र बन्ने तीन उत्तरी प्रान्तलाई छाडेर सन् १००७ मा इराकका १५ प्रान्तमा सामान्य जनगणना भएको थियो । छिटपुट हिंसा र राजनीतिक उथल–पुथल भए पनि इराकले हालैका वर्षहरूमा स्थिरताका केही झलक हासिल गरेको छ । हालको अनुमानले आजको जनसङ्ख्या करिब चार करोड ३० लाख राखेको छ ।
अधिकारीहरूले आगामी जनगणनाका लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष ९युएनएफपीए० सँग साझेदारी गरेका छन् । “इराकलाई सही जनसाङ्ख्यिकीय जानकारी प्रदान गर्न, प्रभावकारी नीति निर्माण गर्न गर्न र समावेशी विकासलाई प्रवर्द्धन गर्न यो पहलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, एजेन्सीले भनेको छ ।
विगतमा इराकमा प्रत्येक १० वर्षमा जनगणना हुने गर्थ्यो । सन् २००७ मा मुलुकमा साम्प्रदायिक हिंसामा फसेको बेला जनगणना हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा