गोरखा मिडिया नेटवर्क सहित ३ कम्पनीमा प्रहरीको खानतलासी, रवि लामिछानेसँग ‘सोधपुछ’

काठमाडौँ । गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा प्रहरीले खानतलासी गरेको छ । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पोखराबाट आएका डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको छ । उनीहरूलाई सोधपुछ गरेर ‘बयान कागज’ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।
पूर्वगृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर थिए । सहकारीको रकम अवैध तवरले गोरखा मिडियामा लगानी गरेको भेटिएको छ । लामिछानेले प्रहरीसँग सहकारीबाट गोरखा मिडियामा आएको रकमबारे जीबी राई जानकार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ह्याप्पी होली’ भन्दै पाकिस्तानी प्रधानमन्त्रीले दिए होलीको शुभकामना
-
आजबाट २६ औँ फ्लोरा एक्स्पो
-
सुनको मूल्यमा नयाँ रेकर्ड, एकैपटक ४ हजार बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुग्यो
-
म्याथ्युजको अलराउन्ड प्रदर्शनसँगै मुम्बई फाइनलमा
-
ग्रिनल्याण्ड कब्जा गर्ने कुरामा फेरि के भन्दैछन् ट्रम्प ?
-
म्याग्दीमा आमाहरुको फुटबल प्रतियोगिता