शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमतीका डीआईजी र एसएसपी अवकाश, एसपी रेग्मीलाई प्रदेश प्रहरीको कमान्ड

आइतबार, १६ भदौ २०८१, २१ : १५
आइतबार, १६ भदौ २०८१

हेटौँडा । बागमती प्रदेशका डीआईजी र एसएसपी एकैपटक अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधि पुरा गरी डीआईजी विष्णुकुमार केसी र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रवि पौडेल अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधि पुरा गरी उनीहरू अनिवार्य अवकाशमा गएका हुन् ।

शनिवार रातिबाट ३० वर्षे सेवा अवधि पुरा गरी अनिवार्य अवकाशमा गएका उनको आइतबार बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा एसएसपी पौडेल उपस्थित भएनन् । पारिवारिक समस्याका कारण उनी बिदाइ कार्यक्रममा उपस्थित हुन नसकेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

डीआईजी  केसी र एसएसपी पौडेलले प्रहरी सेवा प्रवेश असईबाट थालेका थिए । उनीहरूको अवकाशसँगै बागमती प्रदेश प्रहरीको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) दुर्गा रेग्मीले सम्हालेका छन् ।

उनीहरूसँगै ३० वर्षे सेवा अवधिविरुद्ध उनीसहित ९० प्रहरी अधिकृतहरू अनिवार्य अवकाशमा गएका छन् । २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेर सेवा अवधि पूरा गरी अवकाशमा जानेमा डीआईजी केसी र एसएसपी पौडेलसहित ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) छन् । एसएसपीहरूमा दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, जीवन श्रेष्ठ, किसनसिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नवीन राई, रवीन्द्र रेग्मी, दिल्लीराज विष्ट र वीरबहादुर ओली छन् ।

सेवा अवधिका विरुद्धमा उनी सहितका प्रहरी अधिकृतहरूले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा उनीहरू अवकाशमा गएका हुन् ।

भदौ ६ मा न्यायाधीश हरि फुयाँलले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको थियो । सो आदेश न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले खारेज गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप