कांग्रेस बैठक : एक्जीट पोलीसीमा संविधान संशोधनका बेला निर्णय‚ रूखमा मत हलाउने सुनिश्चितता

काठमाडौँ । नेपाली कांग्रेसको साउन २३ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज (आइतबार) सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । विवादमा रहेका एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धनको विषयमा पनि बैठकले निर्णय गरेको छ ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ दुई पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको पोलीसी अर्थात् एक्जीट पोलीसीलाई अहिले यथावत् राख्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारी अनुसार यो विषयमा संविधान संशोधनको समयमा निर्णय हुनेछ ।
‘एक्जीट पोलिसीबारे अहिले नै निर्णय गरेर जानुपर्ने अवस्था केन्द्रीय समितिले देखेन । यसबारे विधान र संविधान संशोधनका बेला बहस हुनेछ‚’ उनले भने ।
यस्तै बैठकले अर्का महामन्त्री गगन थापाले ल्याएको प्रि इलेक्सन अलाइन्सको बारेमा पनि निर्णय गरेको छ । पार्टीले कांग्रेसलाई रूखमै भोट हाल्ने वातावरण बनाउने निर्णय गरेको छ । पार्टीले विगतमा विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसँग निर्वाचन पूर्वगठबन्धन गरेर निर्वाचन लडे तापनि पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै सो निर्णय गरेको जनाएको छ ।
‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह 'रुख' मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ‚’ निर्णयमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ८ की किशोरी भागेर काठमाडौँ आउँदा बलात्कृत
-
विद्यालयस्तरको एकदिवसीय क्रिकेटमा बंगलादेशी खेलाडी मुस्तकिमले बनाए अविजित ४०४ रन !
-
यस्तो देखियो बलम्बु क्षेत्रमा निर्माणाधीन फ्लाइओभर, तस्बिरमा हेर्नुहोस्
-
सुदूरपश्चिमका १० क्याम्पसमा अनेरास्ववियुको जित
-
महाराजगञ्ज मेडिकल कलेजमा स्ववियु जितेसँगै नेविसंघका कार्यकर्ता कुटपिटमा उत्रिए
-
‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई निर्देशन, सात दिनभित्र जानकारी गराउनुपर्ने