शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बाढी आएको बागमतीमा २० वर्षीय युवती हामफाल्दा बेपत्ता

आइतबार, १६ भदौ २०८१, २० : २६
आइतबार, १६ भदौ २०८१

काठमाडौँ । ललितपुरको च्यासल नजिकैको दोभान पुलबाट एक युवती बागमती नदीमा हामफालेकी छन् । आइतबार साँझ रुकुम पश्चिमको मुसीकोट घर भएकी २० वर्षीय अञ्जली शर्मा नदीमा हामफालेकी हुन् । 

वर्षापछि बाढीले उर्लिएको नदीमा हामफालेसँगै उनी बेपत्ता भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । उनले बेपत्ता शर्माको खोजी कार्य चलिरहेको जानकारी दिए । 

उनका अनुसार पुलभन्दा ठीक मुनी एउटा ‘सुसाइड नोट’ र झोला फेला परेको छ । उक्त नोट युवतीकै हो या होइनन भन्नेबारे पुष्टि भइनसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप