मन्त्री पाण्डेलाई देउवाको जवाफ : मन्त्रालय सम्हाल्न नसके छोड्नु‚ अर्को आउँछ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसक्ने भए छाडेर मार्ग प्रशस्त गर्न पार्टी सहमहामन्त्री समेत रहेका पर्यटन मन्त्री बद्री पाण्डेलाई सुझाव दिएका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले स्रोत साधनको अभावमा काम गर्न नसकेको बताएका थिए । उनले आफूहरू मन्त्री बनेपछि मन्त्रालय बुझ्ने काम भइसकेको र स्रोत साधन अभावका कारण काम गर्न चुनौती भएको बताएका थिए । आफ्नो मन्त्रालय बुझेर सबै निराश र थकित भइसकेको भन्दै कांग्रेस र एमाले मिलेर मन्त्रालयलाई सहज हुने गरी थिंक ट्यांक निर्माण गर्न जरुरी रहेको उनले बताएका थिए ।
जवाफमा देउवाले प्रधानमन्त्री ओलीसँग गएर कुरा गर्न भने । ‘तपाईँ आफै बाठो चलाख मान्छे हुनुहुन्छ । गएर कुरा गर्नुहोस्‚’ देउवाले भनेका थिए‚‘सक्नुहुन्न भने छाडेर आउनुहोस् । अर्को गएर मन्त्री बन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच