हिन्दु राज्य पुनर्स्थापनासम्बन्धी विषयले कांग्रेस बैठकमा लफडा

काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठकमा हस्ताक्षर संकलन गरिएको हिन्दु राज्य पुनर्स्थापनासम्बन्धी विषय केन्द्रीय समिति बैठकको निर्णयमा लेखिनुपर्ने भन्दै लफडा भएको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बैठकको निर्णयमा हिन्दु राज्यको विषयमा उल्लेख गर्नुपर्ने माग गरे । केन्द्रीय सदस्य शंकर भण्डारीले आफूहरूले त्यत्रो दुख गरेको विषय निर्णयमा लेखिनुपर्ने भन्दै माग गरे । नभए नोट अफ डिसेन्ट लिने उनले चेतावनी दिए । भण्डारीलाई देवेन्द्रराज कँडेल‚ सिता देवकोटा लगायत केन्द्रीय सदस्यहरूले साथ दिएका थिए ।
त्यसको प्रतोरधमा विमलेन्द्र निधि‚ कृष्णकिशोर घिमिरे लगायत केन्द्रीय सदस्यहरू निस्किए । निधिले महामन्त्रीहरूको आधिकारिक प्रतिवेदन पनि नभएको र कांग्रेसको लाइननै नभएको विषयमा केको निर्णय भन्दै थर्काएका थिए ।
त्यसपश्चात् देउवाले हस्ताक्षर संकलन गरेकोमा धन्यवाद भन्दै बैठक सकिएको घोषणा गरिदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ