एमाले सांसद पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई बालेनको दबाब

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जाल मार्फत दबाब दिएका छन् । आइतबार साँझ मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै आपत्ति जनाएका छन् ।
सांसद शर्माको फोटोसहित उनले लेखेका छन्,‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ । सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमल कोइरालालाई प्रश्न : बजेटमा गरिएका अनुमान हचुवा हुन्छन् ?
-
संसदीय मर्यादा जोगाउन सकेनन् सभामुखले
-
देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी छन्: शेखर कोइराला
-
भक्तपुर बिस्केट जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा (तस्बिरहरू)
-
दाङका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ, यन्त्रको प्रयोग बढाइँदै
-
नाडाले स्वीकार गर्यो नाइमाको अस्तित्वः दुवैमा सदस्य बन्न सकिने, कार्यक्षेत्र छुट्याइयो