केन्द्रीय समिति बैठक
सकिन्छ ८२ मा महाधिवेशन गरौँ‚ नसके ८३ को वैशाखबाट सुरुवात गर्नैपर्छ : महामन्त्री शर्मा
आइतबार, १६ भदौ २०८१, १८ : ०२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्भव भए २०८२ मै महाधिवेशन गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले ८२ मा सम्भव नभए ८३ को वैशाखबाट महाधिवेशन प्रारम्भ गर्ने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेको केही समयपछि केन्द्रीय अधिवेशन गर्नुपर्ने बताए ।
‘८२ मा सबै तहको महाधिवेशन गर्न सकिन्छ हिंसा पनि छैन भूकम्प र कोरोना पनि छैन । ८२ मा गर्न सकेन भने ८३ को वैशाखमा गर्ने प्रस्ताव उहाँको आयो‚’ एक केन्द्रीय सदस्यले भने‚‘असारमा सभापतिज्यू प्रधानमन्त्री बनेपछि केन्द्रीय महाधिवेशन गर्ने र तीन तहको निर्वाचनको तयारीमा जुट्ने प्रस्ताव उहाँको आयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
-
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला