सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा २३ सय २३ प्रतिनिधि सहभागी हुने

आइतबार, १६ भदौ २०८१, १७ : ४१
आइतबार, १६ भदौ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनका दुई हजार ३ सय २३  प्रतिनिधि सहभागी हुने भएको छ । हालै बसेको क्रान्तिकारीको कार्यालय बैठकले प्रतिनिधिको सङ्ख्या टुङ्गो लगाएको हो । 

साथै ३३ पदाधिकारीसहित २४३ केन्द्रीय समिति प्रस्ताव गरिएको उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । उनका अनुसार एक अध्यक्षसहित उपाध्यक्ष ९, महासचिव एक, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक जना पदाधिकारी रहनेछ ।

जसमध्ये उपाध्यक्षमा समावेशी ५ र खुला ४ रहनेछ । नौ जना उपमहासचिव सबै खुला रहने रावलले जानकारी दिए । यस्तै १२ जना सचिवमा खुला ४, समावेशी ८ जना रहनेछन् । उनले भदौ २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्नुपर्ने र २५ गते प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताए । 

‘हामीले राष्ट्रिय सम्मेलनमा केन्द्र राखेर देशैभरि आधारभूत तहका सम्मेलन सम्पन्न गरेका छौँ ।  जिल्लाका सम्मेलनहरू सम्पन्न गर्ने क्रम जारी छ। प्रदेशका सम्मेलनहरू घोषणा भइसकेका छन्। हामी २५ गतेसम्म प्रदेशका सम्मेलन सम्पन्न गर्नेछौँ र प्रतिनिधि छनोट पनि २५ गतेभित्र सम्पन्न हुनेछ’, उनले भने । 

सहमतिबाट नेतृत्व छनोट गर्न यसपटक जटिल रहेकाले पदाधिकारीसहित केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी निर्वाचन प्रणालीबाट चुनिने रावलले दाबी गरे । यसअघि २२ औँ सम्मेलनमा उपाध्यक्ष पवन कार्की समूहले असन्तुष्टि जनाउँदै सम्मेलनमा भाग लिएको थिएन । 

असोज २ देखि ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । अध्यक्षका लागि रावलसहित महासचिव दीपेश पुन, पवन कार्की, नारायण खनाल, मदन भुल, नरेश रेग्मी, केशव रावल लगायत नेताहरूले आकाङ्क्षा देखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप