सामाजिक सञ्जालबाट हारगुहार गरेर शिक्षामन्त्रीले गृहमन्त्रीसँग सुरक्षा माग्नु अनुपयुक्त : महामन्त्री शर्मा
आइतबार, १६ भदौ २०८१, १७ : २७

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षामन्त्रीले सामाजिक सञ्जालबाट हार गुहार गर्दै गृहमन्त्रीसँग सुरक्षा माग्नु उपयुक्त नभएको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
बैठकमा सहभागी एक नेताकाअनुसार शर्माले सरकारको साझा न्यूनतम कार्यक्रम अविलम्ब सार्वजनिक गर्नुपर्ने पनि बताए ।
शर्माले सत्ता गठबन्धन निर्माणका क्रममा भएको सात बुझे सहमतिको विरुद्धमा नबोल्न समेत अनुरोध गरे । साथै उनले संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने धारणा पनि राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म