चार टिमलाई स्किब्स बास्केटबल उपाधि
![चार टिमलाई स्किब्स बास्केटबल उपाधि](https://npcdn.ratopati.com/media/news/1_Vei77mN4NH.jpg)
काठमाडौँ । एचएचसीए, भ्याली पब्लिक, पिपल्स एकेडेमी र गोल्डेनपिकले आठौँ स्किब्स कप अन्तर विद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एचएचसीए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्सकाे, पिपल्स जुनियर ब्वाइज र गोल्डेनपिक स्टाफतर्फ च्याम्पियन बने ।
सिनियर ब्वाइजको फाइनलमा एचएचसीले ज्ञान निकेतनलाई २१–९ ले पराजित गर्यो । सिनियर गर्ल्सकाे उपाधि भिडन्तमा भ्याली पब्लिकले निस्टलाई ११–७ ले हरायो । बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा पिपल्सले लालीगुराँस नेसनल एकेडेमीलाई ८–९ ले पाखा लगायो । स्टाफको फाइनलमा गोल्डेनपिकले महामञ्जुश्रीलाई २०–१८ ले पन्छायो ।
सिनियर ब्वाइजमा एचएचसीएका डेविड राई, सिनियर गर्ल्स भ्याली पब्लिककी प्रकृति खड्का, जुनियर ब्वाइजमा पिपल्सका बचन राई र स्टाफमा गोल्डेनपिकका अमृत चित्रकार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री श्यामबहादुर खड्का, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीलगायतले एक कार्यक्रमकाबिच पुरस्कृत गरे । दुई दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२–१२ तथा स्टाफमा ६ टिम सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता