समाचार
बालेन शाहलाई एमालेको ७ बुँदे ज्ञापनपत्र
आइतबार, १६ भदौ २०८१, १६ : ४५

काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा बालेनलाई ज्ञापनपत्र बुझाएका हो ।
महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ । अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित