प्रकाशले पाए घरमै नागरिकता
आइतबार, १६ भदौ २०८१, १५ : ४६

काठमाडौँ । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाणपत्र पाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
जिल्लाको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद भण्डारीले सरकारी प्रक्रिया अनुसार प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्रमााणपत्र दिएका हुन् । नागरिकता लिएसँगै प्रकाश प्रधानमन्त्री भेट्न काठमाडौँ आउन लागेका पत्रकार राजेश राईले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला