बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
सुनुवाइ

भारतका लागि प्रस्तावित राजदूत शर्माले पेस गरे आफ्ना कार्ययोजना

आइतबार, १६ भदौ २०८१, १५ : १६
आइतबार, १६ भदौ २०८१

काठमाडौँ । भारतका लागि राजदूतमा प्रस्तावित डा.शंकर शर्माले आफ्नो कार्ययोजना पेस गरेका छन् । आइतबार भएको संसदीय सुनुवाइमा डा. शर्माले आफ्नो कार्ययोजना पेस गरेका हुन् । 

डा. शर्माले पेस गरेको कार्य योजनामा बौद्ध र रामायण सर्किट प्रवर्द्धन गर्ने, सीमापार वित्तीय लेनदेनको प्रयोगलाई बढवा दिने, जलविद्युत पर्यटन, पूर्वाधार, आइसीटी र कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने लगायत रहेका छन् ।

उनले पञ्चेश्वर आयोजनालाई छिटो सुरु गराउन सहजीकरण गर्ने लगायतका विषयलाई पनि आफ्नो कार्य योजनामा राखेका छन् ।   

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप