मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

निर्मला हत्या प्रकरणका मुख्य अभियुक्तलाई मन्त्री बनाएको विरोधमा प्रदर्शन (तस्बिरहरू)

आइतबार, १६ भदौ २०८१, १४ : ५८
आइतबार, १६ भदौ २०८१

काठमाडौँ । निर्मला कुर्मी हत्या प्रकरणका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदमा नियुक्त गरेको विरोधमा माइतीघरदेखि बालुवाटारसम्म पैदलयात्रा आयोजना गरिएको छ । आइतबार महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज लगायतका सङ्घ संस्थाले पैदलयात्रा आयोजना गरेका हुन् ।

nirmala-kurmi (1)

सो पैदल मार्चलाई बृहत् नागरिक आन्दोलनले समेत ऐक्यबद्धता जनाएको छ । नेपालगन्जकी  निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका कांग्रेस नेता बादशाहलाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले लुम्बिनी प्रदेशको विना विभागीय मन्त्री बनाएको थियो । 

विगतमा उनीमाथि लागेको अपराधको आरोपबारे छानबिन गर्न र दोषीहरूलाई न्यायको कठघरामा उभ्याउन राज्यले गरेको आनाकानीका विरुद्ध विगतमा रुवी खान लगायतका अधिकारकर्मीहरूले पटक पटक आन्दोलन तथा अनसन गर्दै आएका थिए ।  

बादशाह गृह मन्त्रालयको छानबिन समितिले समेत अनुसन्धान गर्नका लागि सिफारिस भैसकेका व्यक्ति हुन् ।

nirmala-kurmi (2)nirmala-kurmi (3)nirmala-kurmi (4)nirmala-kurmi (5)nirmala-kurmi (6)nirmala-kurmi (7)nirmala-kurmi (8)nirmala-kurmi (9)nirmala-kurmi (10)nirmala-kurmi (11)nirmala-kurmi (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?