नास्टमा अनियमितता भएको भन्दै कारबाहीको माग
आइतबार, १६ भदौ २०८१, १४ : ५६

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा सामान खरिद प्रक्रियामा लाखौँको आर्थिक अनियमितता भएको भन्दै कारबाहीको माग गरिएको छ ।
आइतबार नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै नास्टका प्रदेश कार्यालय कार्यालय व्यवस्थापनका लागि सामग्री खरिदमा आर्थिक अनियमितता भएकाले आवश्यक छानबिन गरी कारबाहीको माग गरेको हो ।
यस्तै संगठनले नियम विपरीत कर्मचारी नियुक्ति, नियुक्ति दिएको व्यक्तिलाई जिम्मेवारी नदिएको लगायत विषयमा अनियमितता भएको आरोप लगाएको छ ।
संगठनले आइतबार नास्टको प्राङ्गणमा कालो झण्डा राखी विरोध गरेको अध्यक्ष होमबहादुर खनालले बताए । उनले भदौ १८ गतेसम्म आन्दोलन जारी राख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म