अनिल झाको अध्यक्षतामा किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौँमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको हो ।
भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मलखाद्य, बिउविजन, सिचाई लगायतको व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरेको छ । यसैगरी किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दुधको बाँकी बक्यौता रकम तत्काल तिर्नुपर्ने, किसानलाई सहज रूपमा न्यून ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, किसानको नाममा बिचौलियाले गरिरहेको लुटधन्धा नियन्त्रण गरी दोषीलाई कारवाही गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ ।
आजपा नेता मनोजकुमार यादव इन्चार्ज, उमाशंकर साह सहइन्चार्ज रहेको किसान मोर्चाको उपाध्यक्षमा लोकमान मन्सुरी, विमल कंडेल, महासचिवमा रामसागर महासेठ, सचिवमा दिनेश साह, वशिष्ठ कुशवाहा, कोषाध्यक्षमा कोशिला देवी रहेका छन् ।
यसैगरी सदस्यहरुमा शम्भु कुशवाहा, मदन साह, ममता चौधरी, सुगन्धी पासवान, अवधकिशोर साह, प्रमेश्वर साह, सुवास कुशवाहा, अम्बिका साह, सुरेन्द्र मण्डल, भाईकाजी सापकोटा, रामबिनय प्रसाद पटेल, किरण यादव, बिना देवी खत्वे, तुलसी विक, दिपेन्द्र बराल, श्यामकिशोर साह, धर्मेन्द्र गुप्ता, मोतिलाल साह, कल्पना लामिछाने, अवधकिशोर साह, फेकन मण्डल, पुनम पटेल, सुरेन्द्र मण्डल, धनपत साह, विजय महतो मनोज प्रसाद चौधरी लगायतका रहेको आजपा महासचिव त्रिभुवन साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ