कामना सेवा विकास बैंकद्वारा नारायणी आधारभूत विद्यालयमा पोसाक वितरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डन्डा, चितवनमार्फत श्री नारायणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ ।
बैंकको डन्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर ठकुरीलाई पोसाक हस्तान्तरण गरेका हुन् ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती १७, पुरानो अमलटारी क्षेत्र, नारायणीको तटीय क्षेत्रमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई गरिएको पोसाक हस्तान्तरणले विद्यार्थीहरूलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बोल्दै बैंकका शाखा प्रमुख अधिकारीले कावासोती नगरपालिका सँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री नारायणी आधारभूत विद्यालयका प्राध्यापक, कावासोती नगरपालिकाका वडा नं १७ का प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसकारण आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई फेरि ब्याटिङ गर्न बोलाइयो
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट