वायु प्रदूषणका कारण बर्सेनि ४८ हजारभन्दा बढी नेपालीको मृत्यु
काठमाडौँ । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार भन्दा बढी नेपालीको मृत्यु हुने गरेको पाइएको छ । काठमाडौँ उपत्यकामा मात्रै वर्षमा ५ हजारभन्दा बढीको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको वातावरणविद् भूषण तुलाधरले जानकारी दिए ।
‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्बन्धी एक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै तुलाधरले काठमाडौँको प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा ८ गुणा बढी रहेको समेत बताए ।
तुलाधरका अनुसार विश्वमा ९९ प्रतिशत मानिसहरू प्रदूषित वायु भएको ठाउँमा बस्ने गरेका छन्। ‘वायु प्रदूषणकै कारण विश्वभर प्रत्येक वर्ष ८१ लाख मानिसको मृत्यु भएको छ, वातावरणविद् तुलाधरले भने, ‘यी मध्ये ९० प्रतिशत मृत्यु कम र मध्यम आय भएका देशहरूमा हुने गरेको छ ।’
सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको वायु प्रदूषण करिब १८ प्रतिशतले घटेको छ । तर, अझै पनि नेपालको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा ८ गुणा बढी छ । यसलाई घटाएर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पुर्याउन सके हरेक नेपालीको आयु ३ दशमलव ४ वर्ष र काठमाडौँबासीको उमेर २ दशमलव ६ वर्ष बढ्ने विभिन्न अध्ययनहरूले देखाएको तुलाधरले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारीका अनुसार नेपालमा जलवायु परिवर्तनको असर चरम मौसमी घटनाबाट अनुभव गर्न सकिन्छ । हाल दिन र रात दुवै पहिलेका तुलनामा तातो भइरहेका छन् । अर्थात् चिसो दिन र रातको सङ्ख्या कम हुँदै गएको पाइन्छ ।
अधिकारीले भने, ‘विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० देखी २०५० को बिचमा जलवायु परिवर्तनले मलेरिया, कुपोषण, झाडापखाला र गर्मीका कारण थप दुई लाख पचास हजार मान्छेको मृत्यु हुने अनुमान छ ।’
काठमाडौँमा सबैभन्दा बढी सवारी साधनले नै वायु प्रदूषण गराएको उनको भनाइ छ । हाल जलवायु तथ्याङ्क आदान प्रदान गर्न स्वास्थ्य सेवा विभाग र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता भएको पनि अधिकारीले बताए । कान्ति बाल अस्पतालका चिकित्सक डा.जगतजीवन घिमिरेले दक्षिण एसियामै नेपालका बालबालिका वायु प्रदूषणको बढी जोखिममा परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
-
ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड र पानामा नहर कब्जामा लिने चेतावनी
-
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
-
लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
-
सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
-
इरानमा सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड