कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन
आइतबार, १६ भदौ २०८१, १३ : ३५

काठमाडौं । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । बुधबार खसेको पहिरोले अबरूद्ध सडक खुलाउने गरी निरन्तर पहल भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
राजमार्गको दैलेख कालिकोट खण्डमा पर्ने मालाचौर, दहीखोला र किट्टुभीरमा ठूलो पहिरो खस्दा सडक अबरूद्ध छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोप नारायण पौडेलले पहिरो पन्छाउने काम भइरहेको र सडक संचालनमा आउन केही समय लाग्ने बताए।
उनका अनुसार मालाचौर र किट्टुभिरमा ठुलो पहिरो खस्दा सडक पुरै बगाएको छ। उक्त ठाउँमा नयाँ कटिङ्ग गर्नुपर्ने अवस्था रहेको उनले बताए । पहिरो हटाउन नेपालगञ्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने