गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो ।
निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु तीन लाखसहित सम्मान गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भएका हुन् । फाउण्डेसनले उहाँहरुलाई वातावरण संरक्षण पुरस्कार प्रदान गरेको हो ।
प्रमुख संरक्षण अधिकृत पुनले भने, “गत आवमा संरक्षणका क्षेत्रमा हामीले महत्वपूर्ण काम गरेका छौँ । एक वर्षमा ३४ जना चोरी सिकारीमा संलग्न भई फरार अभियुक्त पक्राउ गरिएको यो पहिलो उपलब्धि हो । यसै गरी खगेन्द्र मल्लीभित्रको सत्तरचुली क्षेत्रमा दुईवटा गैँडा खाल्डामा पुरेर चोरी सिकार गरिएका अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सकेका थियौँ ।” उनका अनुसार सालकको चोरी सिकारी गर्ने छजनालाई पक्राउ गरिएको छ ।
प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएका नेपाली सेनासँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको संयुक्त प्रयासले चोरी सिकार नियन्त्रण अभियान प्रभावकारी बनाउन सकिएको बताए । संयुक्त प्रयासका कारण निकुञ्जले ठूलो पुरस्कार पाउन सफल भएको उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एक सिङ्गे गैंडा र पाटेबाघका लागि प्रख्यात मानिन्छ । यससँगै अन्य वन्यजन्तुको संरक्षण र मध्यवर्तीका बासिन्दासँगको सम्बन्ध सुमधुर बनाएर वन र वन्यजन्तु संरक्षणमा आँफूहरु लागि परेको पुनले जानकारी दिए ।
“यो निकुञ्जमा घडियाल प्रजनन केन्द्र पनि छ । राप्ती र नारायणी नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर यहाँ बच्चा कोरल्ने गरिन्छ । ती बच्चालाई हुर्काएर नदीमा छोड्ने गरिन्छ”, प्रमुख संरक्षण अधिकृत पुनले भने, “पर्या–पर्यटनका हिसाबले यो निकुञ्जलाई मुलुकको महत्वपूर्ण निकुञ्जका रुपमा लिने गरिन्छ । नेपाल आउने पर्यटकको सफारीको महत्वपूर्ण गन्तव्यका रुपमा यो निकुञ्ज छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला