शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
सुनुवाइ

संसदीय सुनुवाइका क्रममा डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधरले के भनिन् ?

आइतबार, १६ भदौ २०८१, १३ : ०४
आइतबार, १६ भदौ २०८१

काठमाडौँ । डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा  तुलाधरमाथि संसदीय सुनवाई सुरु भएको छ। आइतबार सिंहदरबारस्थित संसदीय सुनवाई समितिको हलमा सुरु भएको सुनवाईका क्रममा तुलाधरले आफू राजदूत भएमा नेपालको आर्थिक विकास पर्यटन विकास का लागि कूटनीतिक रूपमा भूमिका खेल्ने बताएकी छिन्। 

उनले आफू ३७ वर्षदेखि महिला अधिकार सामाजिक, लैङ्गिक न्याय, लगायतका क्षेत्रमा काम गरिरहेको बताउँदै जेन्डर जस्टिस क्लाइमेट चेन्ज लगायतका क्षेत्रमा पनि कूटनीतिक पहल गर्ने बताइन्। उनले सन् १९६७ देखि डेनमार्कसँग नेपालको कूटनीतिक सम्बन्ध रहेको बताउँदै डेनमार्कले नेपाललाई इयुमार्फत सहयोग गरिरहेको बताइन्। उनले आफू राजदूत भएमा डेनमार्क नर्वे फिनल्यान्ड स्विडेन लगायतका देशमा उच्चस्तरीय भ्रमणलाई अगाडि बढाउने पनि बढाउन कुटनीतिक पहल गर्ने बताएकी छन्। 

नेपाल सांस्कृतिक सम्पदामा धनी भएकोले सांस्कृतिक आध्यात्मिकतामा आधारित पर्यटक भित्र्याउन पहल गर्ने बताइन्। उनले विपश्यना ध्यान गर्नका लागि विदेशबाट ठूलो संख्यामा पर्यटक आउने भएकाले त्यसका लागि पनि आफूले प्रयास गर्ने बताइन्।  युरोपियन देशहरूले ग्रीन ऊर्जालाई बढी महत्त्व दिएकाले नेपाल ऊर्जा क्षेत्रमा अघि बढिरहेको अवस्थामा युरोपियन देशहरूमा ग्रीन ऊर्जा बिक्री गर्नका लागि कूटनीतिक क्षेत्रबाट पहल गर्ने बताइन्। 

नर्वे स्विडेन लगायतका देशहरू महिला बाल अधिकार मानव अधिकार लोकतान्त्रिक व्यवस्था लगायतका कुरामा निकै मानव अधिकार लगायतका विषयमा निकै अगाडि बढेको बताउँदै ती देशहरूबाट हासिल गरेको अनुभव नेपालका लागि पनि उपयोगी हुने उल्लेख गरिन् ।

उनले आफूले सबैको सल्लाह र सुझाव अनुसार काम गर्ने उल्लेख गरिन् ।  सरकारले उनलाई डेनमार्कका लागि आवासीय राजदूत त्यसैगरी नर्वे, फिनल्यान्ड,  स्विडेन लगायत ८ देशका  लागि गैर आवासीय राजदूतमा सिफारिस गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप