समाचार
क्यान्सरको उपचार गराइरहेकी महिला अस्पतालबाट हामफालिन्, उपचारको क्रममा मृत्यु
आइतबार, १६ भदौ २०८१, १२ : ५२
![क्यान्सरको उपचार गराइरहेकी महिला अस्पतालबाट हामफालिन्, उपचारको क्रममा मृत्यु](https://npcdn.ratopati.com/media/news/ratopati_chjl6sa3lz_FF4UhSkKFN.webp)
ललितपुर । थाइराइडको क्यान्सरको उपचार गराइरहेकी एक महिला अस्पतालको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा भर्ना भएकी महिला शनिबार अस्पतालबाट हामफालेकी थिइन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ हामफालेर गम्भीर घाइते भएसँगै पाटन अस्पतालमा भर्ना गरिएकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
साउन २४ देखि क्यान्सर अस्पतालमा उपचाररत उनी शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुइँमा हाम फालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै