विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला

काठमाडौँ । विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् । इलाम, बारा, ललितपुर, बागलुङ लगायतका जिल्लामा ६ जना मृत फेला परेका हुन् । इलामको इलाम नगरपालिका–५ कटुसे पुलमुनि माई खोलाको छेउमा एक पुरुष मृत फेला परेका छन् ।
माइजोगमाई गाउँपालिका–५ सोयाङ बस्ने ५७ वर्षीय रामकुमार श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ शङ्कर चोक नजिकै एक युवक मृत फेला परेका छन् ।
जिल्लाको कलैया पिलुवा सडक खण्डमा कलैया उपमहानगरपालिका–२१ भोडा टोल बस्ने ३० वर्षीय मुकुन्द चौधरी शनिवार मृत अवस्थामा फेला परेका हुन् ।
यता ललितपुरमा पनि एक युवक मृत फेला परेका छन् । जिल्लाको ललितपुर महानगरपालिका–२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाईबल स्कुलको होस्टेलमा बसी अध्ययन गर्ने मोरङ घर भएका २९ वर्षीय सकलु मर्डी मृत फेला परेका हुन् । उनी सोही होस्टेलमा शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बाग्मती करिडोरको डिलमा पनि एक पुरुष मृत फेला परेका छन् । परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका हुन् ।
उता, बागलुङमा पनि एक पुरुष मृत फेला परेका छन् । बागलुङ नगरपालिका–१ रूद्रेपिपलस्थित गोरेटो बाटोमा सोही ठाउँ डेरा गरी बस्ने काठेखोला गाउँपालिका–३ धम्जा घर भएका ५६ वर्षीय रामबहादुर जिसी शनिवार मृत
अवस्थामा फेला परेका हुन् । त्यसैगरी झापा शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा सोही ठाउँ बस्ने ६८ वर्षीया देवीमाया सिगु लिम्बु शनिवार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग
-
खरबुजा खाएलगत्तै खानु हुन्न यी चिजहरू
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
लागुऔषधले बिगारेको जिन्दगी सुधार्ने प्रयास